+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

खेतमा काम गर्न गएका विजय मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते ९:४२

२० चैत, जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।

४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतमा काम गर्न गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।

मृतकको घाँटीमा गम्छा बाँधिएको र शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिए ।

उनका अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?