
२० चैत, कैलाली । धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4