
२२ चैत, झापा। प्रहरीले २५ ग्राम खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिका-२ सुकुनाडिगीका २८ वर्षीय सञ्जय लामा रहेका छन् ।
प्रहरीले खानतलासी गर्दा लामाको साथबाट २५ ग्राम ५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजु एकथान बरामद गरेको छ ।
उनलाई तत्कालै नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4