Comments Add Comment

आहा–रारा गोल्डकप : साविक विजेता मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो 

२३ चैत, पोखरा । पोखरामा जारी आहा–रारा गोल्डकप फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलमै स्तब्ध बनेको छ ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटा क्लबसँग १–० गोलले पराजित हुँदै मनाङ मर्स्याङ्दी प्रतियोगिताबाटै बाहिरिएको छ । पोखरेली मैदानमा इतिहास रचेको मनाङ मर्स्याङ्दी क्लब १९ औं संस्करणमा भने पहिलो खेलमै स्तब्ध बनेको हो ।

अफ्रिकन खेलाडी फोफोनाको गोलले मनाङ मर्स्याङ्दीलाई पहिलो खेलमै पाखा लगाउँदै संकटा क्लबले विजयी शुरुवात गरेको छ । पहिलो हाफ हुन १ मिनेट मात्र बाँकी छँदा संकटाका फोफोनाले गोल गर्दै जित दिलाएका हुन् ।

४४ औं मिनेटमा फोफोनाले गरेको त्यो गोल नै संकटालाई सेमिफाइनलमा पुग्न काफी बन्यो । अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रका सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सुवासले गरेको क्रस बललाई मनाङ मर्स्याङ्दीका खेलाडीबाट रिफ्लेक्ट बललाई फोफोनाले सीधै गोलमा परिणत गरे ।

११ औं संस्करणमा पनि मनाङ पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले आरा–रारा गोल्डकपमा ६–६ पटक उपाधि जितेर रचेका थिए । गोलको अवसरबाट चुक्दा मनाङ पहिलो खेलमै स्तब्ध हुनुपर्‍यो ।

सोमबारको खेलमा म्यान अफ दी म्याच फोफोना घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । मंगलबार थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment