Comments Add Comment

पौषदेखि संचालनमा आएका फिल्म हल फेरि बन्द गर्ने तयारी

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ ।

सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय गर्ने बताइएको छ । सीसीएमसीले स्वास्थ्य मन्त्रालयले पठाएको सिफारिश अनुसार निर्णय गरेको खण्डमा पौषको २६ गतेबाट औपचारिक रुपमा सुचारु भएका चलचित्र भवनहरु बन्द हुनेछन् ।

सरकारले १० महिनासम्म बन्द भएका हलहरु पौष २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गरेपछि केही नयाँ नेपाली चलचित्र रिलिज भएका थिए । तर, ती कुनै पनि चलचित्रले बक्स अफिसमा कुनै गतिलो व्यापार गरेनन् । ३ महिनादेखि हलहरु संचालनमा आएपनि दर्शकको उपस्थिती भने न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment