Comments Add Comment

एक वर्षअघि तालमा खसेको आइफोन चालु हालतमै भेटिएपछि…

ताइवानले अहिले आधा शताब्दी यताकै सबैभन्दा गम्भीर खालको खडेरीको सामना गरिरहेको छ । खडेरीले ताइवानको महत्वपूर्ण तालहरु समेत सुकिसकेका छन् ।

धेरैका लागि खडेरी दु:ख बनेर आएको छ तर एकजना ताइवानीका लागिचाहिँ सुख्खा खडेरी निकै फापेको छ । उनका लागि यो खडेरी केही खुसी लिएर आयो ।

ताइवानको सन मून तालमा एक वर्ष अगाडि हराएको उनको आइफोन फेला परेको छ । र, त्यो पनि चालू हालतमा ।
तालमा डुंगा शयर गर्ने बेलामा गत वर्ष उक्त फोन गोजीबाट तालमा खसेर हराएको थियो ।

पानीमा खसेकेा फोन भेटिने र भेटिए पनि त्यो चल्ने कुनै आशा थिएन उनलाई । तर चमत्कार भयो । हालै एकदिन अकस्मात् उनलाई उनको आइफोन भेटिएको भनेर कसैले फोन गर्‍यो ।

वास्तवमा खडेरीले सुकेको ताल सफा गर्ने कामदारले उक्त आइफोन फेला पारेर उनलाई फोन गरेका थिए । उनको फोन पूरै हिलोले छोपिएको थियो । तर खुसीको कुरा उनले उक्त फोनमा वाटर प्रुफ खोल राखेका रहेछन् । जसका कारण फोनभित्र पानी पस्न पाएको थिएन, र फोन पूर्ण चालू हालतमा थियो ।

कल्पनै नगरेको उक्त घटना भएसँगै चेनले आफ्नो फोन हराउँदादेखि फेला पर्दासम्मको क्षणका तस्वीर र विवरणहरु फेसबुकमा सेयर गरेका छन्, जुन पोस्ट भाइरल बनेका छन् ।

उनको फेसबुक पोस्टमा धेरै मानिसहरुले तालमा खसेको आइफोन एक वर्षपछि भेटिनु, अझ त्यो पनि चालु हालतमा ! भनेर आश्चर्य प्रकट गरेका छन् ।

स्मरण रहोस् सुख्खा खडेरीका कारण ताइवानमा १० लाखभन्दा धेरै घरधुरीले पानीको चरम अभाव बेहोर्नु परेको छ । पानी अभावकै कारण सरकारले ब्युटी सैलुनमा कपाल नुहाउन नपाइने तथा पेट्रोल स्टेसनहरुमा गाडी धुन नपाइनेलगायतका नियम लागू गरेको छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment