Comments Add Comment

‘इतर कविता’माथि विमर्श

१२ वैशाख, काठमाडौं । संयुक्त कविता संग्रह ‘इतर कविता’माथि शनिबार राजधानीमा छलफल भएको छ । आदिवासी सौन्दर्यको मूल मुद्दामा केन्द्रित ‘इतर कविता’मा तीन सय ४१ जना कविका कविता समेटिएको छ ।

संग्रहमाथि प्रा. कृष्ण खनाल,  डा. तारालाल श्रेष्ठ, रिता साह र मधु मिजारले टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै प्रा. खनालले पुस्तकमा समेटिएका कविताबाट नेपालको आदिवासी संस्कृति र जीवनलाई उनीहरूकै बोधबाट बुझ्न सहज भएको बताए ।

यस्तै इतर कवितामा उत्पीडितको मुद्दा प्रचुर मात्रामा आएको तथा कवितामा लोयल्टी, भ्वाइस र एक्जिट तीनै पक्ष अन्तरघुलन भएको मधु मिजारले बताए । डा. तारालाल श्रेष्ठले भने शक्तिशाली मानक भनाउँदाहरुले मौलिक आदिवासीको सौन्दर्यलाई कुल्चिरहेकोमा त्यसलाई भत्काउन एकसाथ आदिवासी कविहरु उभिएको बताए ।

यस्तै रीता साहले राज्यले किनाराकृत पारेका मधेसी समुदायको मौलिक बिम्ब समेटिएको कविताहरु रहेको कृति आफैँमा ऐतिहासिक रहेको बताइन् । चलचित्र निर्देशक नवीन सुब्बाले आदिवासी कवि/लेखकहरु मैमत्त नभएर सामूहिकता अपनाउनुपर्ने र पहिचानको कुरा बजारिया प्रवृत्तिजस्तो मात्र हुन नहुने बताए ।

साहित्यकार राजन मुकारुङले भने नेपाली साहित्यमा आफ्नो अनुहार नभेटिएपछि आम नेपाली समाजमा आफ्नो आवाजहरुलाई स्थापित गराउन इतर कविता प्रकाशन गरिएको बताए ।

‘इतर आवाज साहित्य समाज’ सन् २०१६ मा दक्षिण कोरियामा स्थापना भएको हो । यसको मूल नारा ‘आदिवासी सौन्दर्य, पहिचानको आवाजः इतर आवाज’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment