
१४ वैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ-१० बानेश्वरका ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र काठमाडौँ चन्द्रागिरी-१० का ३३ वर्षीय नारायण अचार्य रहेका छन् ।
दुवैजना बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भइ फरार रहेकाले श्रेष्ठलाई सिनामंगलबाट र अचार्यलाई गुर्जुधाराबाट सिआईबीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4