+
+

‘कन्डम परिक्षक’को भूमिका निभाउँदै राकुल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १२:२६

बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको चलचित्रले धुम मच्चाइरहेको छ । यसैले, पनि बलिउडमा पछिल्लो केही बर्षयता स्टारडमलाई कथाले उछिनेको छ ।

यसैले, पनि आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता नायक फरक खालका कथामा काम गरिरहेका छन् । केही नायिकाहरु पनि यही बाटोमा देखिएको छन् । साउथ चलचित्रमा सफलता कमाएपछि बलिउडमा पाइला राखेकी नायिका राकुल प्रित सिंह पनि नयाँ खालको कथामा काम गर्ने तयारीमा छिन् ।

नाम तय नगरिएको एक नयाँ चलचित्रमा राकुल ‘कन्डम परिक्षक’को भूमिकामा देखिदैछिन् । यो चलचित्रको कथा फरक र यूनिक लागेपछि राकुल काम गर्न तयार भएकी हुन् । उनले, यो चलचित्रमा संझौता नगरेपनि मौखिक रुपमा सहमती जनाइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रले कन्डम उत्पादन गर्ने कम्पनीले बजारमा आफ्नो उत्पादन पठाउनु अगाडि त्यसको परिक्षण गर्ने एक यूवतीलाई नियुक्त गरेको बिषयमा यो चलचित्र बन्नेछ । जसमा राकुलले ‘कन्डम परिक्षक’को भूमिकामा काम गर्दैछिन् । यो चलचित्रको अफर आएपछि राकुल पनि उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?