+
+

धनगढीको कोभिड अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १६:०७

१९ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उप-महानगरपालिकाकै दुई जनाको आइतबार दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए । वैशाख १३ गते कोरोना पुष्टि भएपछि उनको सेती अस्पतालमा उपचार भइरहेको थियो ।

यस्तै धनगढी उपमहानगरपालिका ५ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले आईसीयूमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?