Comments Add Comment

निजी अस्पताल भन्छन- सरकारी शुल्कमा कोरोना संक्रमितको उपचार गर्न सक्दैनाैं

१९ वैशाख, काठमाडौं । उपत्यकाका सरकारी कोभिड अस्पतालमा कोरोना संक्रमितहरूले भरिएका छन् । पछिल्लो समय अस्पतालमा संक्रमितले बेड नै पाउन मुश्किल भइरहेको छ ।

कतिपय निजी अस्पतालले कोरोना संक्रमणको उपचार गरेका छन् भने कतिपयले छैनन् ।

निजी अस्पतालहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन)का उपाध्यक्ष एवं अल्का अस्पतालका सञ्चालक कुमार थापा भने केही अस्पताल बाहेक निजी अस्पतालले पनि उपचार गरिरहेका बताए । अफिनमा आवद्घ दुई सय निजी अस्पताल मध्ये केही बाहेक सबैले कोरोना संक्रमितहरूको उपचार गरिरहेको उनको दाबी छ ।

गत वर्ष कोरोना संक्रमितलाई उपचार गराउन सक्रिय भएका अस्पतालहरू सरकारको असहयोगका कारण यो वर्ष पछाडि हेटेको अफिनको भनाइ छ । सरकारले एक जना बिरामी बराबर १५ हजार (आईसीयू, भेन्टिलेटर प्रयोग भएको अवस्थाका) उपचार खर्च तोकेको र सरकारले तोके अनुसारको रेटमा उपचार गर्न नसक्ने भएकैले धेरै अस्पताल पछाडि हटेको (अफिन)का उपाध्यक्ष थापा बताउँछन् ।

निजी अस्पतालका लागि यो वर्ष सरकारले ऋण, विद्युत शुल्कमा छुट नदिएको बरु समयमा कर नतिरेकोमा जरिवाना तिराएको छ । त्यस कारण पनि सरकारी रेटमा निजी अस्पतालले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

सरकारले नर्मल रेटमा उपचार गर्न अनुमति दिने हो भने सबै अस्पताल पुनः सक्रिय हुनसक्ने उनको भनाइ छ ।

निजी अस्पतालका लागि यो वर्ष सरकारले ऋण, विद्युत शुल्कमा छुट नदिएको बरु समयमा कर नतिरेकोमा जरिवाना तिराएको छ । त्यस कारण पनि सरकारी रेटमा निजी अस्पतालले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘यो वर्ष सरकारले पाँच प्रतिशत लोन दिएको भए सबै अस्पतालले गर्ने थिए । दिएन । गत वर्ष उपचार गरेको खर्च पनि सरकारले दिएको छैन भन्ने सुनेको छु,’ उनी भन्छन् ‘यस्तो अवस्थामा सक्ने कुरा भएन । अस्पतालले नसकेरै नगराइरहेका होलान् ।’

सरकारले अहिलेसम्म अबका दिनमा कसरी कोरोना महामारीको सामना गर्ने भनेर निजी अस्पतालहरूलाई छलफलका लागि समेत नबोलाएको र अफिनले पनि कुनै छलफल नगरेको जनाएको छ । निजी अस्पतालहरूलाई सक्रिय बनाउन मन्त्रालयले घचघचाउनुपर्ने र त्यो नगरेको अफिनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment