
फाइल तस्वीर
२० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4