Comments Add Comment

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

३४३ जनामा संक्रमण

२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment