
हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ ।
हरिवंशले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि सजग हुन आग्रह गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको यो गीतलाई २२ हजार भन्दा बढीले शेयर गरेका छन् । अधिकांशले यो बिषम परिस्थितीमा एक कलाकार भएको नाताले कोरोना सम्बन्धी जनचेतना जगाएको भन्दै हरिवंशको प्रशंसा पनि गरेका छन् ।
गतबर्ष आफै कोरोना संक्रमित भएका हरिवंशले कोरोनालाई सामान्य रुपमा नलिन पनि अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4