Comments Add Comment

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, ८ जना घाइते

२४ वैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो ।

शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए । चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेको (डिएसपी) पाण्डेले बताए । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

अन्य घाइते सबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment