+
+
Shares

भारतमा कोरोनाबाट एकैदिन ४३ सयभन्दा बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते ११:४३

४ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार ३२९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका २ लाख ६३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमितको संख्या तीन लाखभन्दा कम देखिएको हो ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा कम भए पनि यो राज्यमा पछिल्लो २४ घण्टामा एक हजार कोरोना संक्रमितको मृत्यु भएको छ ।

कर्नाटकमा ३८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने तामिलनाडुमा नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी छ । केरलामा पनि कोरोनाका नयाँ संक्रमितको संख्या २१ हजारभनदा बढी छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३३ लाख ५३ हजारमा झरेको छ । अहिलेसम्म भारतमा १८ करोड ४४ लाखभन्दा बढी डोज कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?