Comments Add Comment

युभेन्ट्स छाड्ने चर्चा चलिरहेको बेला रोनाल्डोले भने– मैले लक्ष्य प्राप्त गरें

१२ जेठ, काठमाडौं । युभेन्ट्स छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डोले युभेन्टस् आउँदा आफूले टार्गेट गरेको लक्ष्य हासिल गरेको बताएका छन् ।

रोनाल्डोले इटालियन सिरी ए को सिजन सकिएपछि मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो योजना अनुसार युभेन्ट्समा सफलता प्राप्त गरेको दाबी गरेका छन् ।

यस सिजन युभेन्ट्सले उपाधि रक्षा गर्न नसके पनि रोनाल्डोले सर्वाधिक गोल गर्दै व्यक्तिगत उपलब्धि हात पारे । यस्तै युभेन्ट्स अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भने भएको छ ।

युभेन्ट्ससँग रोनाल्डोको सम्झौता सन् २०२२ सम्म छ । तर उनी युभेन्ट्स छाडेर पूर्व क्लब रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर युनाइटेडमध्ये एकमा जाने चर्चा सुरु भएको छ । रोनाल्डोले स्ट्याटसले पनि यो संकेतलाई थप बल पुगेको कतिपयको विश्लेषण छ ।

रोनाल्डोले २०१८ मा रियलबाट युभेन्ट्स आएपछि २ सिरी ए, कोपा इटालिया र २ इटालियन सुपर कप उपाधि जितेका छन् । ‘शीर्ष खेलाडीको जीवन र खेल जीवनमा उतरचढाव हुन्छ,’ रोनाल्डोले लेखेका छन्, ‘वर्षौंदेखि हामीले उत्कृष्ट टोलीको सामना गरेका छौं, असाधारण खेलाडीसँग खेलेका छौं र महत्वकांक्षी गोल गरेका छौं । त्यसैले हामीले जहिले पनि माथिल्लो स्तरमा रहन उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।’

रोनाल्डोले यो वर्ष सिरी ए जित्न नसके पनि इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ताको अवार्ड जितेमा खुशी व्यक्त गरे ।

‘इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ता जित्न सफल भएँ । यो जित्न कठिन छ । यो देशमा जित्न सहज छैन,’ रोनाल्डोले लेखेका छन्, ‘यो सबै उपब्धिमा मैले आफ्नो लक्ष्य प्राप्त गरेको छु । मैले इटाली आएको पहिलो दिनबाट आफ्नो लक्ष्य प्रष्ट गरेको थिए । लिग च्याम्पियसिप, लिग कप र सुपर कप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितें ।’

रोनाल्डोले आफू कीर्तिमान पछ्याउने नभई कीर्तिमानले आफूलाई पछ्याउने समेत उल्लेख गरेका छन् । ‘मैले यसअघिदेखि भन्दै आएको छु म कीर्तिमान पछ्याउदिनँ, कीर्तिमानले मलाई पछ्याउँछ । मैले भनेको जसले बुझ्दैन उनीहरुलाई भन्न चाहन्छु फुटबल भनेको सामूहिक खेल हो । तर त्यो व्यक्तिगत उत्कृष्ट प्रदर्शनको सहयोगमै टोलीले उपलब्धी हासिल गर्छ ।’

रोनाल्डोले तीन देशमा लिग,कप र सुपर कप जित्न सकेकोमा खुशी व्यक्त गरेका छन् । ‘इङ्ल्यान्ड, स्पेन र इटलीमा लिग च्याम्पियन । तीनै देशमा कप, सुपर कप विजेता, इंग्ल्याण्ड, स्पेन र इटलीमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेँ । साथै सबै देशको क्लबका एक सय भन्दा बढी गोल गरेँ ।’

आफूले प्रतिनिधितत गरेको क्लबमा कोशेढुंगा बनाउँदा खुशी लागे यनले बताएका छन् । र अन्तिम दिनसम्म पनि यस्तै प्रयास गर्ने बताए ।

उनले युभेन्ट्समा सय गोल समेत पूरा गरेका छन् । साथै उनले तीन देशको तीनमा यो उपलब्धि हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment