+
+
Shares

नैकापमा पर्खाल भत्किंदा दुईजनाको मृत्यु, दुईजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १४:०७

१९ जेठ, काठमाडौं । काठमाडौकाे चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानाे नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको बेलका-८ की ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र काेइरालाले जानकारी दिए ।

प्लटिङको जमिनमा ढुंगाकाे पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका-२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूकाे मनमोहन अस्पतालमा उपचार भइरहेकाे उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?