Comments Add Comment

पर्सामा जेठ ३० गतेसम्म निषेधाज्ञा जारी राख्‍न सिफारिस

१९ जेठ, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म निरन्तरता दिन सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिकोे बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।

कोरोना संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरिएको समितिको निर्णयमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ । एक महिनाभन्दा बढी समय निरन्तर निषेधाज्ञा जारी राख्दा व्यापार व्यवसाय चौपट भएको भन्दै कतिपयले खुकुलो गर्न माग गर्दै आएका छन् भने पछिल्ला दिनमा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम पनि बढेको छ ।

बैठकले कोभिड–१९ महामारीको समयमा जेठ १९ गतेसम्म शव व्यवस्थापनका लागि खर्च गरिएको ३ लाख ७१ हजार ६१५ रुपैयाँ, क्वारेन्टिन/होल्डिङ सेन्टर व्यवस्थापनमा खर्च गरिएको ७६ हजार १०० रुपैयाँ र अनुगमन/कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यमा सवारी साधनको इन्धनका लागि २ लाख ८ हजार ८६० रुपैयाँ गरी जम्मा ६ लाख ५६ हजार ५७५ रुपैयाँ खर्च समर्थन गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment