Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन शुक्रबार बोलाउन सिफारिस

१९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस गर्ने निर्णय भएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ २१ गते दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीका अनुसार बैठकले जिउँदै आगो लगाइएकी डोटीको आर्दश गाउँपालिका– ४ कि लक्ष्मी भाट र उनकी छोरी अन्जुको उपचारका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि गरेको प्रवक्ता जोशीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment