+
+

तोलामा चार सयले बढ्यो सुनको मूल्‍य

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १२:०६

२० जेठ, काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ ।

अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

मंगलबार र बुधबार सुनको मूल्‍य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्‍यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?