+
+
Shares

होम डेलिभरी र ई–वाणिज्यमा प्रतिबन्ध लगाएको भन्दै ई–व्यापार संघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:२५

ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएकोमा आलोचना गरेको जनाएको हो ।

संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म खाद्य लगायतका डिपार्टमेन्ट स्टोरहरु खुल्न दिनु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेरबदल नगर्नुमा आपत्ति जनाएको छ। यसले उपभोक्ताका साथै ई–वाणिज्य प्लेटफर्मसँग आवद्ध साना तथा मझौला व्यवसायलाई नकारात्मक असर पारेको संघले जनाएको छ ।

संघका अध्यक्ष सागर भट्टराई विज्ञप्ती मार्फत भनेका छन्, ‘सरकारले लगाएको सुरक्षा उपायहरू २ मिटर दूरी कायम राख्नु, डेलिभरी कामदारहरूलाई सेनिटाइजर, पन्जा, र मास्कले सुसज्जित गर्नु, उनीहरुको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नुलाई ई–व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैँ अनुशरण गर्दै आएको छ। हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौं ।’

उनले अगाडी भनेका छन्, ‘सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ। यसले ई–व्यवसायमार्फत सञ्चालित धेरै साना र मझौला व्यवसायहरूको समस्या पनि कम गर्दछ र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ। यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरूलाई सम्बोधन गर्न आग्रह गर्दछु।’

यदि ई–वाणिज्य कम्पनीहरूलाई केही उत्पादन समूहहरूमा सीमित नराखी पूर्ण रुपमा वितरण सेवा सञ्चालन गर्न अनुमति दिने हो भने यो समस्या समाधान हुन सक्ने संघको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?