Comments Add Comment

संसद विघटनको मुद्दाः इजलासमा बस्ने/नबस्नेबारे दुई न्यायाधीशले आदेश सुनाउने

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार सुनुवाइको तयारी गरिएको छ । आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास बुधबार बस्ने तयारी रहेको सर्वाेच्च अदालतले जनाएको छ ।

सोमबार सुनुवाइ स्थगित भएपछि सर्वाेच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अनलाइनखबरसँग बुधबार सुनुवाइ गर्ने तयारी रहेको बताएका थिए ।

सर्वाेच्च स्रोतका अनुसार बुधबारको इजलासमा सरकारी पक्षले प्रश्न उठाएका दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्ने कि नबस्ने भन्ने आदेश सुनाउने तयारी छ । उनीहरुको निर्णयको आधारमा संवैधानिक इजलासलाई निरन्तरता दिने वा पुनर्गठन गर्ने भन्ने तय हुन्छ ।

न्यायाधीशद्वय कार्की र भट्टराई इजलासमा बस्न इच्छुक देखिएनन् भने पुनः इजलास गठन गर्नुपर्ने भएकोले बुधबार पनि मुद्दा विषयवस्तुमा प्रवेश गर्ने सम्भावना छैन ।

आइतबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment