+

फ्रान्सको जितमा जिरुडको दुई खेल

२०७८ जेठ  २६ गते ८:२७ २०७८ जेठ २६ गते ८:२७
फ्रान्सको जितमा जिरुडको दुई खेल

२६ जेठ, काठमाडौं । वैकल्पिक खेलाडी ओलिभर जिरुड लुईले दुई गोल गरेपछि फ्रान्सले मैत्रीपूर्ण खेलमा बुल्गेरियालाई ३-० ले पराजित गर्दै युरोकपको तयारी सकाएको छ ।

मंगलबार राति  घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा एन्टोनी ग्रीजमनले पनि गोल गरेका थिए ।

ग्रीजमनले २९औं मिनेटमा बाइसाइकल किकमार्फत उत्कृष्ट गोल गर्दा फ्रान्सलाई अग्रता दिलाएका थिए।

४१औं मिनेटमा करिम बेन्जामाको स्थानमा मैदान प्रवेश गरेका जिरुडले अन्तिम १० मिनेटभित्र दुई गोल गरे । उनले ८३औं मिनेटमा बेन्जामिन पाभार्डको पासमा गोल गरे भने ९०औं मिनेटमा विसम बेन येडरको पासमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए।

यही जुन ११ देखि सुरु हुने युरोकपमा फ्रान्स ग्रुप अफ डेथमा छ । समूह एफमा फ्रान्ससँगै साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी छन् ।

फ्रान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय