+

रोनाल्डोको कीर्तिमान, पाँच संस्करण युरो खेल्ने पहिलो

२०७८ असार  २ गते ६:२६ २०७८ असार २ गते ६:२६
रोनाल्डोको कीर्तिमान, पाँच संस्करण युरो खेल्ने पहिलो

१ असार, काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा कीर्तिमान बनाएका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोले लगातार ५ संस्करणको युरोपियन च्याम्पियनसिप (युरोकप) खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

अहिले भइरहेको १६औं संस्करण अन्तर्गत हंगेरीविरुद्धको खेलमा पहिलो रोजाइँमा मैदान उत्रिएपछि रोनाल्डोले नयाँ कीर्तिमान बनाए ।

३६ वर्षीय रोनाल्डोकै कप्तानीमा पोर्चुगलले युरोकप खेलिरहेको छ । यसअघि उनले सन् २००४ देखि २०१६ सम्म लगातार चार संस्करण खेलिसकेका छन् ।

रोनाल्डोले पहिलो पटक सन् २००४ मा घरेलु मैदानमै भएको युरोकप खेलेका थिए । त्यसमा पोर्चुगल फाइनलमा पराजित गएको थियो । २०१६ मा रोनाल्डोकै कप्तानीमा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

यस्तै रोनाल्डोले चारै संस्करण गोलसमेत गरेका छन् । रोनाल्डोले डेब्यु युरोकपमा २ गोल गरेका थिए । यस्तै २००८ मा १, २०१२ र २०१६ मा समान ३ गोल गरे ।

उनी युरोकपमा सर्वाधिक गोल गर्नेमा फ्रान्सका मिचेल प्लाटिनीसँगै शीर्ष स्थानमा छन् । रोनाल्डोले हंगेरीविरुद्ध गोल गरेमा सर्वाधिक गोलकर्तासमेत बन्नेछन् । दुवैको समान ९ गोल छ ।

रोनाल्डोले युरोकपमा सर्वाधिक खेलसमेत खेलेका छन् । हंगेरीविरुद्धको खेल युरोकपमा उनको २२औं खेल हो ।

क्रिष्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय