Comments Add Comment

खोलामा बेपत्ता भएका गोविन्दको शव भेटियो

२ असार, गोरखा । आरुघाट गाउँपालिका-२ स्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता बर्दियाको राजापुर नगरपालिका-७ का गोविन्द चौधरीको शव भेटिएको छ ।

खोलाले बगाएको स्थानबाट करिब दुई किलोमिटर टाढा मान्द्रेथोक भन्ने स्थानमा बुधबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार खोलामा ढुङ्गाको चेपुवामा उनको शव फेला परेको हो ।

चौधरीलाई मंगलबार बिहान खोलाले बगाएको थियो । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी कार्य गरेको थियो ।

चौधरी गोरखामै मजुरी गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment