+

तोमोरी एसी मिलानमा अनुबन्ध

२०७८ असार  ४ गते १७:४३ २०७८ असार ४ गते १७:४३
तोमोरी एसी मिलानमा अनुबन्ध

४ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सीका डिफेण्डर फिकायो तोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । गत सिजन सान सिरोमा सफल लोन सिजन बिताएका तोमोरीलाई एसी मिलानले २४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

२३ वर्षीय इंग्लिस सेन्टर ब्याक तोमोरीले एसी मिलानसँग ४ वर्षको सम्झौता गरेका छन् । गत सिजन उनले लोनमा रहँदा मिलानका लागि २२ खेल खेलेका थिए र एक गोल गरेका थिए ।

चेल्सी एकेडेमीका उत्पादन तोमोरीले २०१९-२० को सिजन राम्रो गरेपनि पूर्व प्रशिक्षक फ्रांक लाम्पार्डको रोजाइमा परेका थिएनन् ।

एसी मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय