+
+
Shares

केकीले किन मागिन् माफी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते ११:४१

नायिका केकी अधिकारीले सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् । उनले फेसबुकमा स्टाटस कोर्दै जानी नजानी कुनै न कुनै प्रकृतीको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य र अदृश्य रुपमा जकडिएको भन्दै माफी मागेकी हुन् ।

आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मुल पानी सबैलाई विवेक र शक्ति मिलोस् भन्दै केकीले अगाडि लेखेकी छिन्–‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’ नायिका केकी अधिकारीले आफूले जानी नजानी कुनै कुरामा भेदभाव गरेको भए गल्ती भएको भन्दै माफी मागेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय विताएकी केकीलाई यो क्षेत्रमा बौद्धिक नायिकाको रुपमा हेरिन्छ । केकीले यो स्टाटसले उनको सोचमा धेरै परिवर्तन आएको वुझ्न सकिन्छ । केकी केही साता अगाडि विपश्यनामा बसेर फर्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?