
बलिउड नायक विक्की कौशल र नायिका तथा पूर्व मिस वल्र्ड मानुषी छिल्लरले पहिलो पटक पर्दा शेयर गरेका छन् । यो चलचित्रमा विक्की गायकको भूमिकामा देखिएका छन् । चलचित्रको नाम भने अझै पनि तय भएको छैन ।
चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यका अनुसार, यो चलचित्रलाई म्यूजिकल कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रमा विक्कीको भूमिका निकै रमाइलो रहेको बताइएको छ ।
विक्कीको भूमिका निकै गम्भिर भएर भजन गाउने एक गायकको वरिपरी घुमेको छ । यो चलचित्रका लागि मुम्बइमा बनारसको सेट लगाइएको छ । चलचित्रमा मानुषी पनि संगीत क्षेत्रमा नै लागेकी एक यूवतीको भूमिकामा देखिएकी छिन् ।
नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज’मा काम गर्दै बलिउडमा प्रवेश गरेकी मानुषी विक्कीसँग पर्दा शेयर गर्दा उत्साहित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4