+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चाबहिल–साँखु र नख्खुखोला–बुङ्मती सडकको ठेक्का किन नतोड्ने भन्दै सोधियो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते ८:५८
जोरपाटी-साँखु सडकखण्ड । फाइल फोटो

२२ असार, काठमाडौं । चाबहिल–जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडक निर्माण सन्तोषजनक नभएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीसँग स्पष्टीकरण सोधेको छ ।

चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्रगुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम जेभीसँग आयोजनाले स्पष्टीकरण सोधेको हो । ती निर्माण व्यवसायीहरुलाई ठेक्का किन नतोड्ने भनेर सातदिने स्पष्टीकरण सोधिएको आयोजनाले जनाएको छ ।

ठेक्का तोड्नु नपर्ने भए सात दिनभित्र कार्य सम्पन्न गर्न सक्ने आधारसहित संशोधित कार्यतालिका एवम् ठेक्कासँग सम्बन्धित कार्य सम्पादन जमानत, बीमा तथा अग्रिम भुक्तानी जमानत लगायतका कागजातसहित उपस्थित हुन निर्माण व्यवसायीलाई भनिएको छ । अन्यथा ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गर्ने, जमानत जफत गर्ने र सरकारी बाँकीसरह असूल उपर गर्ने चेतावनी आयोजनाले दिएको छ ।

थपिएको सम्झौता अवधिभित्र निर्माण कार्य उपलब्ध चौडाइमा समेत सम्पन्न नगरेको, कार्य सम्पन्न गर्नको लागि पटकपटक मौखिक, टेलिफोन तथा पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले ठेक्का किन नतोड्ने भनेर सोधिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना नयाँ वानेश्वरले जारी गरेको सूचनामा उल्लेख छ ।

चाबहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि बज्रगुरु–च्याङ्गमिला खानी जेभीसँग आयोजनाले २०७२ असोज १३ गते सम्झौता गरेको थियो । सो सम्झौता अनुसार कार्य सम्पन्न गर्ने म्याद २०७७ पुस २९ गते सकिएको थियो । चाबहिल–जोरपाटी–साँखु सडकमै कामको जिम्मा पाएको बज्रगुरु बिरुवा खानी जेभीसँग पनि सोही मितिमा भएको सम्झौताको म्याद २०७७ पुस २५ गते सकिएको छ ।

यसैगरी नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका लागि आशिष–बिरुवा–सीएम जेभीसँग २०७३ असार ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति २०७७ जेठ २२ गते गुज्रिसकेको छ । काम समयमा नसक्दा ती सडकमा यात्रा गर्नेहरुले सास्ती व्यहोर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?