+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

वीपी प्रतिष्ठानमा आन्दोलनको २१ औं दिनमा सरकारी टोली पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १३:३२

२२ असार, विराटनगर । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनको विषयमा सरकारी टोलीले जानकारी लिएको छ ।

प्रतिष्ठानमा आन्दोलन सुरु भएको २१ औं दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वयका लागि टोली पठाएको थियो ।

डा. रोशन पोखरेलसहितको टोलीसँग सोमबार संघर्षसमितिले अनौपचारिक छलफल गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समिति संयोजक डा. एसपी रिमालले बताए । टोलीसँग अनौपचारिक छलफल गर्दा संघर्ष समितिले पदाधिकारीको बहिर्गमन र उच्चस्तरीय वार्ता टोलीको माग गरेको छ ।

‘हाम्रा कुरा बुझ्ने सुन्ने प्रयास गर्नुभएको यस कदमलाई हामीले सकारात्मक रुपमा लिएका छौं’ संघर्ष समिति संयोजक डा. एसपी रिमालले भने, ‘हामीले यसलाई औपचारिक वार्ता मानेका छैनौं, आन्दोलनको २२ औं दिनमा पनि वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद र गैरजिम्मेवारी पूर्ण छ ।’

विभिन्न १२ बुुँदे माग राख्दै आन्दोलनमा उत्रिएको चिकित्सक र कर्मचारी टोलीलाई असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीले वार्तामा बोलाएका थिए । तर उपकुलपति गिरी नै मदिरा सेवन गरेर वार्तास्थलमा पुगेपछि आन्दोलनकारीले वार्ताका लागि पदाधिकारीको बर्हिगमनलाई शर्त बनाएका छन् ।

‘उपकुलपतिले मादक पदार्थ सेवन गरेर गैरजिम्मेवार तरिकाले प्राज्ञिक ठाउँमा आउनु भनेको प्राज्ञिकता, अनुशासन, आचरण विपरीत हो,’ रिमाल भन्छन्,‘ त्यसले कति हदसम्म हामीलाई तुच्छ रुपमा सोच्नु भएको रहेछ भन्ने प्रष्ट पार्छ ।’

प्रतिष्ठानको गिरेको साख जोगाउन उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा डा. गुरु खनाल र निर्देशक प्राडा. गौरीशंकर शाहको राजीनामा दिनुपर्ने संघर्ष समितिको माग छ ।

चिकित्सक, प्राध्यापक विद्यार्थी र कर्मचारीले वार्ताका लागि सरकारलाई दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । असार १६ गते चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै संघर्ष समितिले पदाधिकारीको राजीनामा र प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय वार्ता टोली गठनका लागि आजसम्मको समय दिएको थियो ।

वार्ताका लागि पहल नगरे सामूहिक राजीनामा दिने संघर्ष समितिले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?