Comments Add Comment

कोरोना नियन्त्रणका अधिकांश प्रतिबन्ध हटाउँदै बेलायत

२२ असार, काठमाडौं । बेलायतले कोरोना भाइरस ९कोभिड-१९० नियन् त्रणको लागि लगाइएको अधिकांश प्रतिबन्ध हटाउने तयारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा आगामी दिनमा मास्क लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु नपर्ने बताएका छन् ।

कोरोना नियन्त्रणको लागि निजी भवनभित्रको लागि लगाइएको नियम पनि अब हट्नेछ भने घरबाटै काम गर्न दिइएको मापदण्ड पनि हटाइनेछ । प्रधानमन्त्री जोन्सनले यस विषयमा अन्तिम निर्णय भने जुलाई १९ अघि नै हुने बताएका छन् । कपछिल्लो तथ्यांकहरुको अध्ययनपछि १२ जुलाईमा यसको टुङ्गो लाग्नेछ ।

जोन्सनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम हटाइए पनि आफूले भने थप सुरक्षित बन्नका लागि मास्क जारी राख्ने बताएका छन् । जोन्सनले कोरोना नियन्त्रणको लागि लगाइएको अधिकांश प्रतिबन्ध हटाउने निर्णय गर्नुको कारण अधिकांश मानिसले कोरोना खोप पाउनु रहेको बताए ।

कोरोना परीक्षणमा पोजेटिभ देखिएका मानिसहरुलाई सेल्फ आइसोलेसनको नियम कायमै रहनेछ । त्यस्तै पूरा डोज खोप लिइसकेका मानिसहरुलाई छुट्टै किसिमको नियम आउन सक्ने अधिकारीहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment