+

सावित्राको घुँडाको सफल शल्यक्रिया

२०७८ असार  ३१ गते १९:३५ २०७८ असार ३१ गते १९:३५
सावित्राको घुँडाको सफल शल्यक्रिया

३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारको दोहास्थित अप्सटर हस्पिटलमा बिहीबार सावित्राको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो ।

सावित्राले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी छन् ।

कतार फुटबल संघसँगको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार कतारमा गर्ने व्यवस्था मिलाएको हो । गत वर्ष भएको महिला राष्ट्रिय लिगको दौरानमा सावित्रालाई चोट लागेको थियो ।

नेपाल पुलिस विरुद्ध खेल्ने क्रममा एपीएफकी सावित्राको दाँया खुट्टाको ‘इन्टेरिएर क्रुसिएट लिगामेन्ट’ च्यातिएको थियो । जसका कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् ।

उनबो टिम एपीएफले अपराजित रहँदै लिग जित्दा सावित्राले १० खेलमा ४३ गोल गरेकी थिइन् । उनी लिगको उत्कृष्ट फरवार्ड समेत बनेकी थिइन् ।

सावित्राले आगामी सेप्टेम्बरमा नेपालमै हुने एसियन कप छनोट खेल गुमाउने भएकी छन् । एन्फाले कतार फुटबल संघको सहयोगमा सावित्राको उपचारको प्रबन्ध अस्पटर हस्पिटलमा मिलाएको हो ।

यसअघि एन्फाकै पहलमा मिडफिल्डर विक्रम र फरवार्ड विमल घर्ती मगरको उपचार पनि कतारमै भएको थियो ।

शल्यक्रिया सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय