+
+
Shares

लागूऔषधसहित धनुषाबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २ गते २०:०३

२ साउन, जनकपुरधाम । धनुषामा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका- ९ स्थित बाह्रबिघा नजिकबाट लागूऔषधसहित क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज.३ प. २७७८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट नाइट्राभेट–१० ट्याब्लेट १५ सय थान बरामद भएको छ । यादवले यो लागूऔषध मोटरसाइकलको सिटमुनि राखेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

यस्तै उनले पिठ्यूँमा बोकेको झोलाभित्र चारमिनार मुम्कका (भांगको ट्याब्लेट) २४ प्याकेट, राजनिवास ३ प्याकेट र चक्कु १ थान समेत बरामद भएको उनले बताए ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?