Comments Add Comment

चीनमा भेटियो ‘मंकी वि भाइरस’ : के यो कोरोना जस्तै जोखिमपूर्ण छ ?

कोरोना महाव्यधि ज्यूँको त्यूँ रहेकै बेला फेरी चीनमा बाँदरजन्य भाइरसले नयाँ आतंक सुरु गरेको छ । उक्त भाइरसको कारण एक पशु चिकित्सकको मृत्यु भएको छ ।

चीनको बेइजिङमा मंकी बि भाइरस अर्थात बाँदरजन्य भाइरसको कारण एक व्यक्तिको मृत्यु भएको छ । ग्लोबल टाइम्सले यो घटनाको पुष्टि गरेको हो ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा जनवारका एक चिकित्सकको मंकी भाइरसले मृत्यु भएको छ । यद्यपि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्ति भने सुरक्षित छन् ।

५३ बर्षिय यि पशु चिकित्सक एक इन्स्टिच्युटमामा नन ह्युमन प्राइमेट्समाथि अध्ययन गरिरहेका थिए । रिपोर्ट अनुसार मार्चमा उनले दुई मृत्त बाँदरमाथि शोध गरेका थिए । त्यसको एक महिनापछि उनमा वान्ता आउने लक्षण देखिएको थियो ।

पत्रिका अनुसार उक्त पशु चिकित्सकाको केही अस्पतालमा उपचार गरियो, तर बचाउन सकिएन ।

के हो मंकी भाइरस ?

सन् २०१९ को अन्त्यमा जब चीनमा कोरोना भाइरसको आशंका गरियो, त्यसबखत के अनुमान गरियो भने यो भाइरस विश्वकै लागि एकदमै घातक हुन सक्नेछ । पछिल्लो दुई बर्षमा यो भाइरसले विश्वलाई नै आतंकित बनायो । यसको त्रास अझै घटेको छैन । कोरोना भाइरस विरुद्ध खोप आइसेको छ । यद्यपि संक्रमित दर र मृत्यु दर रोकिएको छैन ।

अहिले चीनमा फेरी अर्को भाइरस फैलिएको सूचना मिल्यो । यो बाँदरजन्य भाइरस थियो । यस मंकी बी भाइरसको पहिलो घटना मार्चमा देखियो, जब एक पशु चिकित्सक दुई जनवारको उपचारका लागि भाइरसको सम्पर्कमा आए ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यस घटनालाई पुष्टि गरेको छ । उनको अनुसार यस भाइरसको सम्पर्कमा आएपछि ति पशु चिकित्सकको केही ठूला अस्पतालमा उपचार गरियो । तर, त्यसमा कुनै लाभ मिलेन, उनको मृत्यु भयो ।

के हो मंकी भाइरस ?

मंकी बी भाइरस सामान्यत हर्पीज बी, हर्पिस भाइरस समिया र हर्पिस भाइरस बीको रुपमा पनि जानिन्छ । यो एक भाइरस हो जो वास्तवमा बाँदरको कारण फैलिन्छ ।

मान्छेमा सजिलै फैलदैन

युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार मंकी बि भाइरस मान्छेमा संक्रमित भएको खबर एकदमै दुर्लभ हो । यो भाइरसको पहिचान सबैभन्दा पहिले १९३२ मा भएको थियो । त्यसबेला देखि अहिलेसम्म केवल ५० व्यक्तिमा मात्र यो भाइरस फैलिएको देखिएको छ । त्यसमध्ये २१ जनाको मृत्यु भएको छ ।

साथै कोरोना भाइरस जस्तै यो भाइरस मान्छेबाट मान्छेमा फैलिएको पाइएको छैन ।

कसरी फैलन्छ ?

मंकी बि भाइरस बाँदरको ¥याल, मलमुत्र, मस्तिष्क वा मेरुदण्डको हड्डीको टिश्युमा पाइन्छ, जुन सतहमा घन्टौसम्म जीवित रहन्छ । यस भाइरसबाट मान्छेमा संक्रमण हुने जोखिम कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment