६ साउन, काठमाडौं । कोभिड-१९ महामारीले गर्दा एक वर्षपछि सरेको ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको खेलहरु आजदेखि शुरु भएको छ ।
जापानमा आगामी शुक्रबार उद्घाटन हुने टोकियो २०२० ओलम्पिकको केही खेल भने दुई दिनअघि नै शुरु भएको हो । जसअनुसार आज सफ्टबलको प्रतिस्पर्धा सुरु भएको छ । बुधबार बिहान जापान र अष्ट्रेलियाबीचको सफ्टबल खेल भएपछि टोकियो २०२० को खेल शुरु भएको हो ।
जापानका पिचर युकिको यएनोले सफ्टबलको पहिलो बल हानेकी थिइन् । आजै सफ्टबलका अरु दुई खेल पनि हुँदैछ । सन् २००८ पछि हटाइएको सफ्टबल टोकियोमा पुन: समावेश गरिएको हो ।
फुकुसिमा अजुमा बेसबल स्टेडियममा भएको पहिलो खेलमा जापानले अष्ट्रेलियालाई ८-१ ले पराजित गरेको छ ।
आजै महिला फुटबलअन्तर्गत समूह चरणका ६ खेल हुँदैछन् ।
पाँच वर्षपछि हुन लागेको ओलम्पिककमा विशवभरका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
टोकियोमा अहिले कोरोना भाइरसले गर्दा आपतकाल घोषणा गरिए पनि ओलम्पिकका खेलहरु विना दर्शक खेलाइँदैछ । यसपटक कोभिड-१९ को प्रोटोकल पालना गरेर खेलहरु खेलाइनेछ ।
प्रतिक्रिया 4