
१ भदौ, काठमाडौं । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहकै नेताहरुले असन्तुष्टि जनाएको छ ।
उनीहरुले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने समेत बताएका छन् । सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ ।
नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर नै यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् । तर नेपाल समूहकै नेताहरुले पनि राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।
नेपाल समूहमा रहेका सचिव गोकर्ण विष्टले अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक भएको बताए । यसले दल विभाजनलाई प्रोत्साहन गर्ने भन्दै सचिव विष्टले भनेका छन्, ‘यसले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने छ । यस प्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं ।’
नेपाल समूहमा रहेका सांसद यज्ञराज सुनुवारले पनि दलहरु पार्टी एकताकै पक्षमा रहेको बताए ।
प्रतिक्रिया 4