+
+
Shares

सर्लाहीबाट नलकटुवा पेस्तोलसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १८:२१
फाइल तस्वीर

८ भदौ, जनकपुरधाम । सर्लाही प्रहरीले नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका ६ स्थित प्रहरी बिट नजिकबाट बागमती नगरपालिका ८ बस्ने अरुण लामा र अगबर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै २८ बर्षका छन् ।

नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको उनीहरू सबार बिआर३० जे-३०८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउन्ड गोली बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनीहरूले मोटरसाईकलको बायाँ साईडको लेगार्डमा झुण्डयाएको हरियो रंगको कपडाको झोलाबाट पेस्तोल र गोली बरामद भएको उनले बताए ।हतियारसहित पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?