+

सन्दीपले होबार्टबाटै बिग बास लिग खेल्ने

२०७८ भदौ  १० गते १०:२० २०७८ भदौ १० गते १०:२०
सन्दीपले होबार्टबाटै बिग बास लिग खेल्ने

१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ ।

होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ ।

होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् । क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन् ।

बिग बासको नयाा सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ ।

सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् । उनले भिसा समस्याका कारण टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए ।

विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय टिमसाग ओमानमा रहेका सन्दीपले (क्यारेबियन पि्रमियर लिग सीपीएल) पनि गुमाएका छन् ।

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासागको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम हाल ओमानमा छ ।

सन्दीप लामिछाने होबार्ट हुरिकेन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय