+
+

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १८:१३
फाइल तस्वीर

१५ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो ।

यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत  दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् ।

सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका रोनाल्डोले त्यसपछि रियल मड्रिड र युभेन्ट्सका लागि खेले । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । युनाइटेडबाट उनले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कप जितेका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो स्पेनिस क्लब रियलमा ९ सिजन बिताएर सन् २०१८ मा युभेन्ट्स पुगेका थिए ।

रोनाल्डोले फेरि युनाइटेडका लागि खेल्न आतुर रहेको बताएका छन् । ‘म्यानचेस्टर युनाइटेड एक क्लब हो जसले मेरो हृदयमा विशेष स्थान पाउछ । म ओल्डट्राफोर्डमा खेल्नको लागि आतुर छु ।’

रोनाल्डोले अन्तर्राष्ट्रिय खेलपछि टिमसँग जोडिने र सिजन सफल हुने आशा राखेका छन् । रोनाल्डो इंग्ल्याण्ड, स्पेन र इटलीमा लिग जित्ने पहिलो खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?