+
+
Shares

भरतपुर–भैरहवा रुटमा साताको तीन उडान हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १४:३६

१९ साउन, काठमाडौं । अब चितवनको भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो ।

कम्पनीका अनुसार १५ अगष्टबाट यो उडान हुने गरि मिति तय भएको छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ । यसअघि बुद्धले पोखरा–नेपालगन्ज रुटमा उडान गरेको थियो ।

अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्न अवरोधका कारण यात्रा अवरुद्ध हुने यात्रुले अब भरतपुर पुगेर त्यहाँबाट जहाज चढी भैरहवा पुग्न सक्ने छन् ।

भैरहवा बुटवलबाट सबैभन्दा नजिकको विमानस्थल हो । बुद्धले यसअघि पोखरा–भैरहवा, पोखरा–भरतपुर रुटमा उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?