+

टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

२०७८ साउन  २१ गते ९:४३ २०७८ साउन २१ गते ९:४३
टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

२१ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो ।

भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो ।

४१ वर्षपछि पदक जित्नु ऐतिहासिक भन्दै भारतीयहरुले खुसी मनाइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हकी टिमलाई बधाइ दिंदै हकी टिमप्रति गर्व लागेको बताएका छन् ।

यसलाई ‘ऐतिहासिक’ क्षण भन्दै मोदीले भनेका छन्, ‘एक यस्तो दिन जुन हरेक भारतीयको यादमा अंकित हुने छ । कास्य पदक घर ल्याउने हाम्रो पुरुष हकी टिमलाई बधाई । यो उपलब्धिले पूरै देश, खासगरी हाम्रा युवाहरुमा उत्साह भरेको छ । भारतलाई आफ्नो हकी टिमप्रति गर्व छ ।’

टोकियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय