+
+
Shares

दोहोरी गीत प्रतिष्ठान : दुर्गेशलाई वहिष्कार होइन, सदस्यताबाट बञ्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १५:४३

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई बहिस्कार नभई सदस्यताबाट बञ्चित गरेको जनाएको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गदै ‘कलाकार दुर्गेश थापालाई गीत प्रकाशन पूर्व नै ख्यास्स पुतली संसोधन गरिदिन लिखितम् अनुरोध गरिएकोमा निजले बिल्कुलै बेवास्ता गरी प्रतिष्ठानसँग आप्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टिकरण दिएको हुनाले निजको साधरण सदस्य समेत नरहने गरी सदस्यता खारिज गर्ने निर्णय गरिएको छ’ जनाएको छ ।

दुर्गेश थापाले केही समयअघि तीज गीतको नाममा ‘ख्यास्स पुतली’ गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक भएसँगै तीजको मर्म विपरित उट्पट्याङ एवं भड्किलो गीत निकालेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो । कोरोनाले गर्दा तीज गीतमा नाच्न नपाउँदै भन्दै चेलीबेटीलाई ‘यसपालीको तीजमा ख्यास्स पुतली’ भन्दै दुर्गेशले गीत निकालेका थिए ।

गीत सार्वजनिक भए लगत्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई ‘बहिष्कार’ गरेको चर्चा चल्यो । प्रतिष्ठानका पदाधिकारीहरुले नै दुर्गेशलाई बहिष्कार गरिएको जानकारी गराए । यद्यपि आधिकारिक रुपमा विज्ञप्ती भने जारी गरिएन ।

यसको प्रतिरक्षामा दुर्गेशले ‘आफ्नो खुट्टा तान्न खोजेको’ भन्दै उक्त गीतको शब्द संशोधन नगर्ने अडान लिए । बरु उनले ‘बहिष्कार’ शीर्षकको गीत नै तयार गर्ने कुरा सार्वजनिक गरे ।

यही पृष्टभूमीमा प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै दुर्गेशलाई बहिष्कार नभई सदस्यता खारेज गरिएको जनाएको छ । सार्वजनिक विज्ञप्तीमा दुर्गेशलाई संस्थामा साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जनाईएको हो ।

विधानत परिच्छेद (७) धारा (२६)को उपधारा १ बमोजिम उनको सदस्यता खारेजको निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानअन्तर्गतको विकृति विसङ्गती न्यूनिकरण कार्यदलका संयोजक शिव हमाल र प्रतिष्ठानका महासचिव सुवास केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गायक थापाले दुई साताअगाडि तीजलक्षित गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’सार्वजनिक गरेका थिए । उक्त गीतले सार्वजनिक हुनुअगाडि नै आलोचना खेपेको थियो ।

प्रतिष्ठानले गीत सार्वजनिक हुनुपूर्व नै दुर्गेशलाई ‘ख्यास्स पुतली’शब्द संशोधन गर्न अनुरोधसहित पत्र पठाएको थियो । तर, दुर्गेशले अनुरोधलाई वेवास्ता गरी उक्त गीत सार्वजनिक गरेका थिए । आफूहरुको अनुरोधलाई वेवास्ता गरेपछि प्रतिष्ठानले गत आईतबार केन्द्रीय समितिको बैठक बसेर उनलाई वहिष्कार गर्ने निर्णय लिएको थियो । जुन कुराको जानकारी प्रतिष्ठानकै पदाधिकारीले गराएका थिए ।

प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने लगायतका निर्णय गरिएको जानकारी प्रतिष्ठानका एक पदाधिकारीले दिएका थिए । यद्यपी, औपचारिक रुपमा भने प्रतिष्ठानले विज्ञप्ती जारी गरेको थिएन् । सो निर्णयको आलोचना भएपछि प्रतिष्ठानले निर्णयलाई सच्याएर एक सातापछि मात्र विज्ञप्ती सार्वजनिक गरेको हो । आफूहरुको निर्णय आलोचनामा परेपछि निर्णय सच्याएर सार्वजनिक गर्नुपरेको प्रतिष्ठानकै एक पदाधिकारी बताउँछन् ।
जारी विज्ञप्तीमा प्रतिष्ठानले थप स्पष्ट पार्न खोजेको छ, ‘सामाजिक सञ्जालमा लेखिएजस्तो बहिष्कार होइन्, सदस्यताबाट बन्चित गरिएको हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?