+
+

खानपान शिष्टाचार : बालबालिकालाई सिकाउनुपर्ने केही कुरा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते ११:४१

हरेक परिवारको आफ्नै मर्यादा र संस्कार हुन्छ । यसैले समग्र परिवारलाई एकढिक्का बनाइराख्छ । परिवारका सदस्यलाई सही मार्गदर्शन गर्ने, स्वस्थ, सन्तुलित, सुखी राख्नमा पारिवारिक संस्कारले खास भूमिका खेल्छ ।

पारिवारिक संस्कार भनेको त्यस्तो व्यवहार र आचरणको कुरा हो, जसले सभ्य जीवन बाँच्न प्रेरित गर्छ । जस्तो कि आफुभन्दा ठुलालाई श्रद्धा गर्ने, सानालाई माया गर्ने । सबैसँग हार्दिकतापूर्वक सम्बन्ध कायम राख्ने । आपसी सहयोगको भावना राख्ने ।
पारिवारिक संस्कार अन्र्तगत खानपान शैली पनि एक हो ।

हुन त खाना कसरी खाने भन्ने कुरामा हामी त्यती ख्याल गर्दैनौं । यो हाम्रो दैनिक जीवनको हिस्सा हो र यसमा हामी जन्मजात अभ्यस्त हुँदै आयौं । तर, कस्तो खानेकुरा खाने भन्ने कुरा जति महत्वपूर्ण छ उत्तिनै महत्वपूर्ण कसरी खाने भन्ने पनि छ । खानपानको पनि आफ्नै शिष्ट शैली छन् ।

हाम्रा पूर्खाहरुले भन्दै आएका छन्, खाना खाइरहँदा मन आनन्दित हुनुपर्छ । चुपचाप खानुपर्छ । अर्थात हल्ला गर्दै, छिल्लिदै, कुरा गर्दै खानु उचित मानिदैन । हरेक गाँसमा स्वाद लिएर खानुपर्छ । आरमले खानुपर्छ । खाना खाइरहँदा ऋण, घिन आदिबारे सोच्नु हुँदैन । मनलाई प्रफुल्ल बनाएर खानुपर्छ । अन्नदाता अर्थात प्रकृतिसँग कृतज्ञ हुनुपर्छ ।

घरमा खानेकुरा खाइरहँदा होस् वा भोज भत्तेरमा, शिष्ट शैली अपनाउनका लागि बालबच्चालाई प्रेरित गर्न सकिन्छ ।

हुन त अहिले धेरैले बालबच्चालाई छुटै खाना दिने गर्छन् । हतारमा ख्वाउने गर्छन् । जबरजस्ती ख्वाउने गर्छन् । बालबच्चालाई खाना ख्वाएपछि मात्र परिवारका सदस्यहरुले खाने गर्छन् । जबकि सबैजना एकसाथ बसेर वा घुलमिल भएर खाना खानु उचित हो । खाना खानु पनि आफैमा एक उत्सव हो । कतिपय समाजमा खानपानलाई उत्सवकै रुपमा लिने संस्कार छ ।

खाना कसरी खाने ? खाना खाइरहँदा के गर्ने, के नगर्ने ? यस कुरामा हामीले सानै उमेरदेखि बालबच्चालाई अभ्यस्त गराउनु जरुरी हुन्छ । खानपान शिष्टचारमा सानै उमेरदेखि अभ्यस्त भएमा त्यो उनीहरुको बानीमा रुपान्तरण हुन्छ र जीवनभर त्यही शैली अपनाउँछन् ।
खाना खानुअघि हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यो सामान्य कुरा हो तर उत्तिकै महत्वपूर्ण पनि । हातको माध्यामबाट हानिकारक किटाणु शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले खाना खानुअघि हात राम्ररी धुने, पखाल्ने बानी बसाउनुपर्छ ।
उनीहरुले जति खाना खाने गर्छन्, त्यती मात्र थालमा राख्न लगाउनुपर्छ । धेरै खानेकुरा राख्ने र जुठो बनाएर छाड्ने बानी राम्रो होइन ।

सानै उमेरदेखि बालबालिकालाई खानामा सागपात, सलाद, गेडागुडी समेल गरिदिनुपर्छ । कतिपय बालबालिका सागपात खाँदैनन्, सलाद खाँदैनन् । तर, आमाबुवाले उनीहरुलाई फकाई फुल्याई यस्ता खानपानमा बानी पार्न सक्छन् ।
खाना खाइरहँदा चुपचाप बस्ने, हो हल्ला नगर्ने, नबोल्ने जस्ता बानीको विकास गर्नुपर्छ । उनीहरुलाई खाना खाइरहँदा खानामा नै सम्पूर्ण ध्यान दिन लगाउनुपर्छ । हरेक गाँसमा खानाको स्वाद अनुभूत गराउनुपर्छ ।
खाना हतारमा होइन, आरमले चपाएर खान सिकाउनुपर्छ । मुख बन्द गरेर चपाउनुपर्छ ।

खानेकुरा खाइरहँदा भाँडावर्तन बजाउनु, मुखबाट आवाज निकाल्नु, जुठो छर्नु राम्रो मानिदैन । उनीहरुलाई यस्ता कुरामा विस्तारै अभ्यस्त गराउन सकिन्छ ।

खाना खाइसकेपछि उक्त खाना कस्तो थियो ? त्यसको स्वाद कस्तो भयो भनेर बच्चासँग सोध्नुपर्छ । यसबाट उनीहरुले आफुले खाएको खानेकुराको स्वाद ख्याल गर्छन् । साथै कुन खानामा कस्तो पोषक तत्व हुन्छ र त्यसले शरीरमा कसरी प्रभाव पार्छ भन्ने कुरा पनि सरल भाषामा बुझाउन जरुरी छ ।

पाहुना जाँदा, भोज भत्तेरमा, रेष्टुरेन्ट आदिमा खाना खाइरहँदा कसरी शिष्टचार पालना गर्ने भन्ने कुरा सिकाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?