+

खानपान शिष्टाचार : बालबालिकालाई सिकाउनुपर्ने केही कुरा

२०७८ साउन  २५ गते ११:४१ २०७८ साउन २५ गते ११:४१
खानपान शिष्टाचार : बालबालिकालाई सिकाउनुपर्ने केही कुरा

हरेक परिवारको आफ्नै मर्यादा र संस्कार हुन्छ । यसैले समग्र परिवारलाई एकढिक्का बनाइराख्छ । परिवारका सदस्यलाई सही मार्गदर्शन गर्ने, स्वस्थ, सन्तुलित, सुखी राख्नमा पारिवारिक संस्कारले खास भूमिका खेल्छ ।

पारिवारिक संस्कार भनेको त्यस्तो व्यवहार र आचरणको कुरा हो, जसले सभ्य जीवन बाँच्न प्रेरित गर्छ । जस्तो कि आफुभन्दा ठुलालाई श्रद्धा गर्ने, सानालाई माया गर्ने । सबैसँग हार्दिकतापूर्वक सम्बन्ध कायम राख्ने । आपसी सहयोगको भावना राख्ने ।
पारिवारिक संस्कार अन्र्तगत खानपान शैली पनि एक हो ।

हुन त खाना कसरी खाने भन्ने कुरामा हामी त्यती ख्याल गर्दैनौं । यो हाम्रो दैनिक जीवनको हिस्सा हो र यसमा हामी जन्मजात अभ्यस्त हुँदै आयौं । तर, कस्तो खानेकुरा खाने भन्ने कुरा जति महत्वपूर्ण छ उत्तिनै महत्वपूर्ण कसरी खाने भन्ने पनि छ । खानपानको पनि आफ्नै शिष्ट शैली छन् ।

हाम्रा पूर्खाहरुले भन्दै आएका छन्, खाना खाइरहँदा मन आनन्दित हुनुपर्छ । चुपचाप खानुपर्छ । अर्थात हल्ला गर्दै, छिल्लिदै, कुरा गर्दै खानु उचित मानिदैन । हरेक गाँसमा स्वाद लिएर खानुपर्छ । आरमले खानुपर्छ । खाना खाइरहँदा ऋण, घिन आदिबारे सोच्नु हुँदैन । मनलाई प्रफुल्ल बनाएर खानुपर्छ । अन्नदाता अर्थात प्रकृतिसँग कृतज्ञ हुनुपर्छ ।

घरमा खानेकुरा खाइरहँदा होस् वा भोज भत्तेरमा, शिष्ट शैली अपनाउनका लागि बालबच्चालाई प्रेरित गर्न सकिन्छ ।

हुन त अहिले धेरैले बालबच्चालाई छुटै खाना दिने गर्छन् । हतारमा ख्वाउने गर्छन् । जबरजस्ती ख्वाउने गर्छन् । बालबच्चालाई खाना ख्वाएपछि मात्र परिवारका सदस्यहरुले खाने गर्छन् । जबकि सबैजना एकसाथ बसेर वा घुलमिल भएर खाना खानु उचित हो । खाना खानु पनि आफैमा एक उत्सव हो । कतिपय समाजमा खानपानलाई उत्सवकै रुपमा लिने संस्कार छ ।

खाना कसरी खाने ? खाना खाइरहँदा के गर्ने, के नगर्ने ? यस कुरामा हामीले सानै उमेरदेखि बालबच्चालाई अभ्यस्त गराउनु जरुरी हुन्छ । खानपान शिष्टचारमा सानै उमेरदेखि अभ्यस्त भएमा त्यो उनीहरुको बानीमा रुपान्तरण हुन्छ र जीवनभर त्यही शैली अपनाउँछन् ।
खाना खानुअघि हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यो सामान्य कुरा हो तर उत्तिकै महत्वपूर्ण पनि । हातको माध्यामबाट हानिकारक किटाणु शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले खाना खानुअघि हात राम्ररी धुने, पखाल्ने बानी बसाउनुपर्छ ।
उनीहरुले जति खाना खाने गर्छन्, त्यती मात्र थालमा राख्न लगाउनुपर्छ । धेरै खानेकुरा राख्ने र जुठो बनाएर छाड्ने बानी राम्रो होइन ।

सानै उमेरदेखि बालबालिकालाई खानामा सागपात, सलाद, गेडागुडी समेल गरिदिनुपर्छ । कतिपय बालबालिका सागपात खाँदैनन्, सलाद खाँदैनन् । तर, आमाबुवाले उनीहरुलाई फकाई फुल्याई यस्ता खानपानमा बानी पार्न सक्छन् ।
खाना खाइरहँदा चुपचाप बस्ने, हो हल्ला नगर्ने, नबोल्ने जस्ता बानीको विकास गर्नुपर्छ । उनीहरुलाई खाना खाइरहँदा खानामा नै सम्पूर्ण ध्यान दिन लगाउनुपर्छ । हरेक गाँसमा खानाको स्वाद अनुभूत गराउनुपर्छ ।
खाना हतारमा होइन, आरमले चपाएर खान सिकाउनुपर्छ । मुख बन्द गरेर चपाउनुपर्छ ।

खानेकुरा खाइरहँदा भाँडावर्तन बजाउनु, मुखबाट आवाज निकाल्नु, जुठो छर्नु राम्रो मानिदैन । उनीहरुलाई यस्ता कुरामा विस्तारै अभ्यस्त गराउन सकिन्छ ।

खाना खाइसकेपछि उक्त खाना कस्तो थियो ? त्यसको स्वाद कस्तो भयो भनेर बच्चासँग सोध्नुपर्छ । यसबाट उनीहरुले आफुले खाएको खानेकुराको स्वाद ख्याल गर्छन् । साथै कुन खानामा कस्तो पोषक तत्व हुन्छ र त्यसले शरीरमा कसरी प्रभाव पार्छ भन्ने कुरा पनि सरल भाषामा बुझाउन जरुरी छ ।

पाहुना जाँदा, भोज भत्तेरमा, रेष्टुरेन्ट आदिमा खाना खाइरहँदा कसरी शिष्टचार पालना गर्ने भन्ने कुरा सिकाउनुपर्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग