Comments Add Comment

तिम्रो साथी हुँ म

अक्सर के देखिन्छ भने बालबच्चाले आफ्नो मनको कुरा साथीहरुसँग जति खुलेर गर्छन्, त्यती खुलेर आमाबुवासँग गर्दैनन् । बालबच्चाहरुलाई नियालेर हेर्नुहोस् त, जब उनीहरु साथीसँग उन्मुक्त खेलिरहेका हुन्छन्, खुलेर कुराकानी गरिरहेका हुन्छन् । यसबाट उनीहरुको भावना, इच्छा, मनोविज्ञान सबैकुरा प्रष्ट बुझ्न सकिन्छ ।

उनीहरुलाई मनमा लागेका कुरा लुकाउँदैनन् । तर, आमाबुवासँग उनीहरु त्यसरी आफुलाई प्रस्तुत गर्दैनन् । कतिपय बालबच्चा त आमाबुवासँग संकोच मान्ने खालका पनि हुन्छन् ।

किनभने बुवाआमा र बालबच्चाबीच एक निश्चित दुरी हुन्छ । बुवाआमालाई उनीहरुले आफुभन्दा ठूलो, जान्नेबुझ्ने ठान्छन् । त्यसैले आफुलाई लागेका कतिपय कुरा पनि उनीहरु लुकाउँछन् । त्यसैले बुवाआमाले पनि बालबच्चासँग मित्रवत् व्यवहार गर्नुपर्छ । अर्थात उनीहरुको साथी बन्नुपर्छ ।
उनीहरुलाई अर्ति उपदेश दिने, निगरानी गर्ने मात्र होइन, साथी जस्तै बनेर रमाइलो गर्ने, खेल्ने पनि गनुपर्छ । बालबच्चासँग साथी बन्नका लागि आफु पनि बच्चा जस्तै बन्नुपर्छ । उनीहरु जस्तै उन्मुक्त रमाउन सक्नुपर्छ ।

जब हामी बच्चासँग बच्चाकै व्यवहार गरेर खेल्न थाल्छौं, उनीहरु हामीसँग राम्ररी खुल्छन् । उनीहरुले खेलकै माध्यामबाट ति सबै कुरा भन्छन्, जो वास्तवमा उनीहरु चाहन्छन् । उनीहरु के कुरामा खुसी हुन्छन्, के कुराले उनीहरुलाई आनन्दित बनाउँछ, के कुरामा उनीहरु बढी चासो राख्छन्, के कुरामा बढी उत्सुक छन् । सबै कुरा उनीहरुले ख्याल–ख्यालमै प्रकट गर्छन् । यसरी उनीहरुको रुची बुझ्न सकिन्छ ।

साथै खेल्ने क्रममा नै उनीहरुले आफ्नो ज्ञान र विवेकको पनि प्रयोग गर्छन् । उनीहरु कुनैपनि कुरा कति ढंग पु¥याएर गर्छन् ? भन्ने कुरा बुझ्न सहज हुन्छ ।

त्यती मात्र होइन, जब आमाबुवा नै बालबच्चासँग खेल्न थाल्छन् उनीहरुको मानसिक र शारीरिक विकासमा पनि यसले ठोस योगदान पु¥याउँछ । आमाबुवाले साथी रुपमा खेल्न थालेपछि उनीहरु मोवाइल, ल्यापटपबाट मुक्त हुन्छन् । किनभने अहिलेका बच्चाहरु मोवाइल, ल्यापटपमा बढी नै समय व्यातित गरिरहेका छन् । उनीहरुमा यसप्रति आशक्ति बढ्नुमा खेल्ने साथीसंगी नहुनु पनि हो । साथीसंगी नभएकाले उनीहरु आफुलाई भुलाउन मोवाइल, ल्यापटपको साहारा लिइरहेका छन् । अतः थाहै नपाई उनीहरु यसको लतमा फस्दैछन् ।

मोवाइल पाएपछि अहिलेका बच्चाहरु एकै ठाउँमा बसेर घण्टौं बिताइदिन्छन् । उनीहरुलाई भोक लागेको, दिसा पिसाबले च्यापेको पनि भेउ हुँदैन । यसले उनीहरुलाई एकोहोरो बनाइरहेको छ ।

जब हामी बालबच्चाको साथी बनेर उनीहरुसँग संवाद गर्न थाल्छौं, भलाकुसारी गर्न अग्रसर हुन्छौं, तब उनीहरु मोवाइलको लतबाट बाहिर आउनेछन् । परिवारसँग घुलमिल हुनेछन् । व्यवहारिक र जीवनोपयोगी कुराहरु पनि जान्नेछन् ।

धेरै आमाबुवा यस्ता हुन्छन् कि, जो बालबच्चालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । आफुले भनेजस्तै गरेको, आफुले सोचेजस्तै बोलेको, आफुले चाहेजस्तै बनेको हेर्न चाहन्छन् । बच्चालाई शिक्षित बनाउने चक्करमा, बच्चालाई अनुशासित बनाउने चक्करमा उनीहरुले बच्चामाथि अनावश्यक नियन्त्रण गरिरहेका हुन्छन् ।

यसरी अनावश्यक नियन्त्रणले बालबालिकाको आचरण सुधार हुने वा असल हुने होइन, बरु उनीहरुमा खराब आनीबानीको विकास हुनसक्छ । उनीहरु जिद्दी गर्ने, रिसाउने, गुनासो गर्ने खालका हुनसक्छन् । त्यसैले उनीहरुलाई नियन्त्रण होइन, सही मार्गदर्शन जरुरी हुन्छ । र, यसका लागि अभिभावक बनेर भन्दा पनि साथी बनेर उनीहरुलाई सही बाटोमा डोहो¥याउन प्रभावकारी हुन्छ ।

हामी दिनभर आफ्नो कामधन्दामा हुन्छौं । साँझ घर फर्किएपछि पनि हामी आफ्नै धुनमा रमाउन थाल्छौं । बालबच्चासँग कुरा गर्ने, रमाउने गर्दैनौं । आफ्नो काम व्यवहारमा अल्झन्छौं । यसले गर्दा बच्चाहरु एक्लो अनुभव गर्छन् । त्यसैले हामीले फुर्सद पाउनसाथ बच्चासँग खेल्ने र रमाउने गर्नुपर्छ । उनीहरुलाई एक्लोपनबाट छुटकारा दिलाउनुपर्छ ।

सारमा भन्नुपर्दा आफ्ना बालबच्चालाई अभिभावक बनेर अर्ति–उपदेश दिने, निगरानी र नियन्त्रण गर्ने मात्र होइन, उनीहरुकै दौतरी झै बनेर खेल्ने, रमाउने, भलाकुसारी गर्ने गरौं । यसले उनीहरुलाई एक्लोपन र मोवाइलको लतबाट त मुक्त गर्छ नै, पारिवारिक बन्न पनि सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment