३० साउन, काठमाडौं । प्रिमियर लिग २०२१-२२ अन्तर्गत सिजनको पहिलो खेलमै आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा नवप्रवेशी ब्रेन्टफोर्डले बर्सनललाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डे दुवै हाफमा गोल गरेको थियो । उसका लागि २२औं मिनेटमा सर्जी कानोस र ७३औं मिनेटमा क्रिस्टियन नोएरगार्डले गोल गरे ।
७४ वर्षपछि इंग्ल्याण्डको शीर्ष डिभिजनमा फर्केको ब्रेन्टफोर्डले जितसहित लिग सुरुआत गरेको छ । ब्रेन्टफोर्ड प्रिमियर लिग खेल्ने ५०औं टिम हो ।
प्रिमियर लिगमा आज ७ खेल हुँदैछ ।
प्रतिक्रिया 4