+
+

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको प्रश्न – हामी ठूलो कि पार्टी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १२:३८

१६ भदौ, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बैंठक स्थगित गर्न माग गर्दै पार्टी केन्द्रीय समितिमा इमेल पठाएका छन् ।

अध्यक्ष मिश्रले पार्टी विधान र घोषणापत्र विपरीत मार्ग परिवर्तन गरेको र एजेन्डाकै छलफलमा हुँदा एकलौटी बैठक बोलाएकोले बैठक स्थगित गर्न पुन: माग गरेका छन् ।

अध्यक्ष रवीन्द्र मिश्रलाई अन्तिम आग्रह भनेर पठाइएको इमेलमा दुवै पक्षका बैठक स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

तत्काल दुवै जनाले बैठक स्थगित गर्ने र एक साताभित्र दुवैका एजेन्डासहित भौतिक रुपमै केन्द्रीय समिति बैठक बसेर छलफल गर्न पाण्डेले प्रस्ताव गरेका छन् ।

पाण्डेले इमेलमार्फत अध्यक्ष मिश्रलाई ‘हामी ठूलो कि पार्टी ?’ भन्ने प्रश्न गर्दै केन्द्रीय समिति सदस्यहरूलाई पार्टी फुटबाट बचाउन अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?