+
+

कांग्रेस काठमाडौंका जिल्ला सभापति भन्छन्– २३ गते नकटाइकन वडा अधिवेशन गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १०:२२

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार (भदौ १८ गते)देखि सुरु हुँदै छ ।

तर राजधानी काठमाडौंसहित कतिपय जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक भएको छैन । सूची सार्वजनिक नभएका जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन नहुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले सदस्यताको सूची सार्वजनिक नगरेकाले भदौ १८ गते नै काठमाडौंमा वडा अधिवेशन सुरु नहुने जिल्ला सभापति सबुज बानियाँ बताउँछन् । उनले भने, ‘आज साँझसम्ममा सूची सार्वजनिक भयो भने २३ गतेभित्रै वडा अधिवेशन गरिसक्ने तयारीमा छौं ।’ काठमाडौंमा समायोजनको काम नटुंगिएकाले सूची सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ ।

‘सदस्यताको सूची सार्वजनिक नभएका जिल्लाका साथीहरुले २३ गते नकटाइकन कसैले २०, कसैले २१ गते वडा अधिवेशन गर्ने तयारी गरेकाछन्, हामी पनि त्यस्तै तयारीमा छौं,’ बानियाँले भने । भदौ १८ मा अधिवेशन हुन नसकेका वडाहरुमा अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ ।

काठमाडौं जिल्लाका कांग्रेसका एक नेताले सूची सार्वजनिक नहुँदा महाधिवेशनको माहोल नै नबनेको बताए । उनले भने, ‘राजधानी काठमाडौंको माहोलले धेरै ठूलो अर्थ राख्छ, तर यहीं पूर्वनिर्धारित मितिमा वडा अधिवेशन नहुने भयो ।’

क्रियाशील सदस्यताको विवाद नटुंगिदा पटक–पटक कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन हुँदै आएको छ । संशोधित कार्यतालिका अनुसार भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते गर्ने निर्णय कांग्रेसले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?