+
+

विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १०:५६

१८ भदौ, काठमाडौं । कोपा अमरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित हात पारेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडीमा समेटिएको भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, जोआक्विन कोरेअ र एन्जल कोरेअले गोल गरे । भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए ।

लुइस मार्टिनेजले ३२औं मिनेटमा रातो कार्ड पाएपछि भेनेजुएला घरेलु मैदानमा १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा अर्जेन्टिनालाई पुग्यो । पहिलो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

जोआक्विनले ७१औं र न्जनले ७४औं मिनेटमा गोल गरे । इन्जुरी टाइममा भेनेजुएलाका सोटेल्डोले पेनाल्टीमा गोल गरे ।

छनोटमा चौथो जित हात पारेको अर्जेन्टिनाले अपराजित यात्रा कायमै राखेको छ । अर्जेन्टिना ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ ।

१० टिम सहभागी छनोटमा भेनेजुएला ७ खेलबाट ४ अंकका साथ पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?