
१८ भदौ, काठमाडौ । ब्राजिलले विश्वकप छनोटमा चिलीलाई १-० ले हराएर शतप्रतिशत जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो लगातार सातौं जित जित हो ।
छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा वैकल्पिक खेलाडी एभरवन रिवेइरोलेको एक मात्र गोलमा ब्राजिलले जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका रिवेइरोले ६४औं मिनेटमा गोल गरेका थिए ।
लगातार सातौं जितपछि ७ खेलबाट २१ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक रहेको चिली सातौं स्थानमा छ ।
दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा इक्वेडरले पाराग्वेलाई २-० ले पराजित गरेको छ । यस्तै उरुग्वेले पेरु तथा बोलिभिया र कोलम्बियाले १-१ को बराबरी खेलेका छन् ।
इक्वेडर १२ अंकसहित तेस्रो स्थानमा रहँदा समान ९ अंक जोडेको उरुग्वे र कोलम्बिया क्रमश: चौथो र पाँचौ स्थानमा छ । पाराग्वे ७ अंकसहित छैटौं स्थानमा छ । बोलिभिया ६ अंकसहित आठौं र ५ अंक रहेको पेरु नवौं स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4